महासंघको चुनाव : अञ्जन र उमेशलालबीच जुट्यो सहमति
वि.सं.२०७९ चैत ३० बिहीवार १६:४९
4.54K
shares
shares

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेशलाल श्रेष्ठ बीच सहमति जुटेको छ । आधा आधा कार्यकालमा चलाउने गरि सहमित भएको हो ।
दिउसो २ बजेबाट दोस्रो चरणको निर्वाचन हुने बताइएको थियो । तर सहमतिको प्रयास भइरहेकाले अहिलेसम्म मतदान कार्य सुरु हुन सकेको छैन् । स्रोतका अनुसार आधा आधा कार्यकाल वरिष्ठ उपाध्यक्ष बन्ने सहमति नजिक पुगेको छ । तर त्यसरी सहमति बन्दा ३ वर्षको कार्यकालमा १८/१८ महिनाको कार्यकाल हुने छ । सुरुमा को वरिष्ठ उपाध्यक्ष बन्न भन्ने सहमति हुन बाँकी रहेको स्रोतले जनाएको छ ।



















