Dhulikhel Eco Banner new

एफएनसीसीआईको निर्वाचन : अञ्जन बने वरिष्ठ उपाध्यक्ष

10.28K
shares

काठमाडौं, ३० चैत । अन्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष बनेका छन् । उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिए पछि अन्जन वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

पहिलो चरणमा तीन जना उम्मेदवार रहेकामा वरिष्ठ उपाध्यक्षमध्ये कुनैले पनि ५० प्रतिशत मत ल्याउन नसके पछि दोस्रो चरणको निर्वाचन गर्ने तयारी गरिएको थियो । तर सहमति अनुसार उमेशलाले उम्मेदवारी फिर्तालिएसँगै अन्जनकाे वरिष्ठ उपाध्यक्ष बन्ने बाटो खुलेको हो ।

उमेशलाल श्रेष्ठलाई विशिष्ट सदस्य बनाउने सहमति भएको छ । अहिले विशिष्ठ सदस्यका रुपमा पूर्व अध्यक्ष पशुपति मुरारका रहेका छन् ।

यस अघि समचार शिर्षकमा अञ्जन हुनु पर्नेमा अन्यथा भएकाेमा सच्याएको छ । सं