ओमान माथि नेपालको सहज जित
वि.सं.२०८० वैशाख २ शनिवार १७:४४
shares

काठमाडौं, २ वैशाख । नेपालले ओमन विरुद्धको अभ्यास खेलमा सहज जित निकालेको छ । पाहुना टोलिले दिएको २४७ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गरहेको हो ।
नेपाली टोलिका ३ जना खेलाडीले अर्धशतक प्रहार गरे । नेपालका अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । अर्जुनले ६७ रनको योगदान दिए भने दीपेन्द्रले ५९ र रोहितले ५८ रनको योगदान दिए । ओमानका कप्तान जिशान मकसुदले २ विकेट लिए ।
यस अघि टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । ओमानका शोएब खानले ११० रनको योगदान दिए । त्यस्तै ओपनर जतिन्दरसिंह ४२ रनमा आउट भए । ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका किशोर महतोले ३ विकेट लिए । त्यस्तै प्रतिश जि.सीले र सूर्य तामाङले २÷२ विकेट लिए । श्याम ढकाल र मौसम ढकालले समान एक÷एक विकेट लिए ।



















