डलरको मूल्य बढ्यो, कुन देशको विनिमयदर कति ?
वि.सं.२०८० वैशाख १३ बुधवार ०९:२९
shares

काठमाडौं, १३ वैशाख । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य बढेको छ । अघिल्लो दिन घटेको डलरको मूल्य बुधबार भने १ पैसाले बढेको हो ।
बुधबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३७ पैसा रहेको छ । अघिल्ला दिन डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा रहेको थियो ।
त्यस्तै बुधबार पाउण्डको मूल्य पनि बढेको छ । बुधबार पाउण्डको खरिददर १६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४६ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३३ पैसा रहेको थियो । त्यस्तै बुधबार युरोको विनियमदर पनि बढेको छ । युरोको खरिददर १४४ रुपैयाँ ७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा रहेको छ । अघिल्लो दिन युरोको खरिददर १४३ रुपैयाँ ९१ रुपैयाँ र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा रहेको थियो ।
राष्ट्र बैंकले बुधबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ १७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६१ पैसा, सिंगापुर डलरको खरिददर ९७ रुपैयाँ ८३ पैसा र बिक्रीमा ९८ रुपैयाँ २८ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ४१ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा रहेको छ ।
















