Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ८४ करोड मात्रै

4.23K
shares

काठमाडौं, १३ वैशाख । शेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । हप्ताको चौथो कारोबार दिन शेयर बजार १३ दशमलव ६८ अंकले ओरालो लागेको हो ।

मंगलबार दोहोरो अंकको सुधार आएको शेयर बजार मा बुधबार १३ अंकको गिरावट संगै शेयर बजार परिसूचक १८९२ दशमलव ०० विन्दुमा झरको छ ।

परिसूचकसँगै बुधबार कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार २६४ कम्पनीका २५ लाख ७१ हजार २०२ कित्ता शेयर किनबेच हुँदा ८४ करोड ७० लाख २८ हजार २१९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेस पनि बुधबार २ दशमलव ११ अंकले घटेको छ । २ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३६१ दशमलव ५५ अंकमा झरेको छ ।