Dhulikhel Eco Banner new

चार वटा बैंक तथा वित्तीय संस्थाहरु आरटीजीएस प्रणालीमा जोडिदै

5.71K
shares

काठमाडौं, ४ जेठ । रियल टाइम ग्रस सेटेलमेन्ट (आरटीजीएस) प्रणालीमा थप चार वटा बैंक तथा वित्तीय संस्थाहरु आबद्ध भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी र समृद्धि फाइनान्स कम्पनी लिमिटेड आरटीजीएस प्रणालीमा आबद्ध भएका हुन् ।

थपिएका चारवटै संस्थाहरुले जेठ ४ गते बुधबारदेखि नै आरटीजीएस प्रणालीमा डाइरेक्ट पार्टिसिपेन्ट्सका रुपमा आबद्ध भई कारोबार गर्नसक्ने केन्द्रीय बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट सञ्चालित आरटीजीएस प्रणालीमा आवद्ध गराउँदै आएको छ ।

आरटीजीएस प्रणाली मार्फत् ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तर्बैंक भुक्तानी को लागि प्रयोग गर्न सकिनेछ ।

एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न शून्य लागतमा कनेक्ट आरटीजीएस आरटीजीएस प्रणाली प्रदान गरेको हो जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली सँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिगे्रट गरिएको छ ।

विसं २०७६ भदौ २६ गते नेपाल राष्ट्र बैंकले ठूलो रकम भुुक्तानीका लागि सञ्चालनमा ल्याएको आरटीजीएस प्रणाली २०७६ मंसिर ६ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । युके एड बेलायतको प्रावधिक तथा आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली सुरुवात गरिएको हो ।

राष्ट्र बैंकले सम्पूर्ण वाणिज्य बैंकका ग्राहकहरुलाई २ लाख वा सो भन्दा बढी रकमको कारोबारमा यो प्रणालीको प्रयोग गर्न अनुुरोध गर्दै आएको छ । २० लाखभन्दा बढीको कारोबार गर्दा अनिवार्य आरटिजिएस सिस्टम मार्फत् भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।