Dhulikhel Eco Banner new

रोडम्याप फर आईपीओ अन्तर्गत एनआईबिएल एस क्यापिटल र एलायन्स फर्मास्यिुटिकल्स बीच सम्झौता

3.67K
shares

काठमाडौं, १४ वैशाख । एनआईबिएल एस क्यापिटल लिमिटेड र एलायन्स फर्मास्यिुटिकल्स प्रा. लि (Alliance Pharmaceuticals Pvt. Ltd) बिच सस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आईपीओ सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक रचिन्द्र ढुङ्गाना र एलायन्स फर्मास्यिुटिकल्सका तर्फबाट अध्यक्ष मनोहर दास मुलले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा एनर्आइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट संस्थागत परामर्शप्रमुख भुवन राज पन्त तथा एलायन्स फर्मास्यिुटिकल्स प्रा. लि. का तर्फबाट प्रबन्ध निर्देशक सुनिल प्रधानको पनि उपस्थिती रहेको थियो ।

एलायन्स फर्मास्यिुटिकल्स प्रा. लि. कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालन भइरहेको छ र बारा जिल्ला सिमरा स्थित कारखाना बाट औषधी उत्पादन गर्दै आईरहेको छ । उक्त कम्पनिले उत्कृष्ट गुणस्तरीय औषधीयुक्त बस्तु उत्पादन तथा सेवाहरु प्रदान गरेर एक दक्ष औषधीयुक्त बस्तु उत्पादन कम्पनिको रुपमा स्थापीत हुन सफल भएको छ ।

यसका साथै एलायन्स फर्मास्यिुटिकल्स प्रा. लि औषधी उत्पादन कुशल अभ्यास (GMP) प्रमाणित कम्पनि रहेको छ । उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले एलायन्स फर्मास्यिुटिकल्स प्रा. लि. लाई सर्वसाधारणका लागि शेयर निष्काशन पूर्व कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ ।

जस अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तरणमा मध्यस्थता गर्ने, पुँजी संरचनामा तथा पुँजी विृद्घि मा आवश्यक परामर्श दिने, निष्काशन प्रकृया, आकार र मुल्य निर्धारणमा परामर्श दिने र शेयर निष्काशन पूर्व कम्पनिलाई चाहिने आवस्यक परामर्श, मध्यस्थता र कागजात तयारिमा सहयोग गर्ने छ । यसका साथै सर्वसाधारणमा शेयर निष्काशन पूर्व कम्पनीलाई चाहिने आवश्यक पुँजी सकंलन प्रकृयामा पनि आवश्यक परामर्श र मध्यस्थता गर्नेछ ।

सर्वसाधारणमा शेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ । क्यापिटलले संस्थागत परामर्श सेवामार्फत व्यवसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पुँजी संकलन गर्ने, ऋण संकलनमा वित्तीय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।