Dhulikhel Eco Banner new

बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्नेलाई कानूनी दायारामा ल्याउने तयारीमा सिबिफिन

4.76K
shares

काठमाडौं, १८ वैशाख । बैंक तथा वित्तीय संस्था परिसंघको मिति २०८० बैंशाख १४ गतेका दिन बसेको कार्यसमितिको चौंथो बैठकले बैंक तथा वित्तीय संस्था, सोेको सम्पत्ति, साख एवम् सोमा कार्यरत कर्मचारीहरुको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समुहहरुबाट विगत केही समयदेखि निरन्तर रुपमा भइरहेको गैरकानूनी गतिविधिहरुको सम्बन्धमा तपसिल बमोजिमको निर्णय गरेकोले सम्बन्धित सबैको जानकारीको लागि एक विज्ञप्ती जारी गरेको छ ।

उक्त्त विज्ञाप्तीमा कुनै पनि व्यक्ति, समूह वा संघ–संस्थाको आवरणमा बैंक वित्तीय संस्था, यसमा कार्यरत कर्मचारी, बैंक वित्तीय संस्थाको साख, गरिमा, विश्वसनियता वा सम्पत्तिमा हानि नोक्सानी पुर्‍याउन बैकिङ्ग व्यवसायमा अवरोध सिर्जना गर्ने, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा भ्रम सिर्जना गर्ने, बैंक वित्तीय संस्थाहरुबाट लिएको कर्जाको साँवा ब्याज नतिर्न दुरुत्साहन गर्ने लगायत प्रचलित कानूनबाट बर्जित क्रियाकलापहरु गर्नेहरुलाई मुद्धा चलाउने तथा प्रचलित कानूनको अधिनमा रही हदैसम्मको कारवाहीका लागि सम्बन्धित निकायमा जाहेरी दिने भन्ने कुरा विज्ञप्तीमा प्रस्तुत गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाहरुको हकहित संरक्षणको लागि प्रचलित कानूनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि बैंक तथा वित्तीय संस्था परिसंघ र यसमा आवद्ध सबै बैंक वित्तीय संस्थाहरु पूर्ण रुपमा एकताबद्ध, प्रतिबद्ध र दृढ संकल्पित रहेको विज्ञप्तीमा उल्लेख छ ।