Dhulikhel Eco Banner new

बैंकिङ क्षेत्रमा तरलता संकट कायमै, कहिले होला समाधान ?

7.31K
shares

काठमाडौं, ५ जेठ । पछिल्लो समय बैंकहरुले भोग्दै आएको अधिक तरलताको अवस्था कायमै रहेको छ । चुना पछि केही सहज हुने अपेक्षा गरिएको भए पनि अहिले पनि अधिक तरलताको अभाव रहेको हो ।

अहिले बैंकमा दैनिक १५ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकका सूचना अधिकारी नारायण पोखरेलले बताएका छन् । बैंकहरुले अनिवार्य रुपमा गर्नु राष्ट्र बैंकमा जम्मा गर्नु पर्ने ३ प्रतिशत रकम भन्दा अहिले दैनिक १५ अर्बको तरलता रहेको छ ।

उनले यो अवस्थामा कमी आउने सम्भावना समेत कम हरेको बताएका छन् । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी) निर्देशित सीमा ९० प्रतिशत कम गर्नु पर्ने अवस्थाका कारण यो अवस्था तत्काल कम हुने सम्भावना नरहेको उनको भनाई छ ।

अहिले दैनिक औषत रुपमा १२ अर्ब तरलता रहेको पनि सूचना अधिकारी पोखरेलले बताए । अधिक तरलता शून्य हुनु पर्छ तर अहिलेको अवस्थालाई बैंकले कडाइ गरेको अवस्था जस्तो देखिए पनि त्यस्तो नभएको उनको भनाई छ ।

‘कोभिडको अवस्थामा अधिक तरलताको अवस्था निकै बढेको थियो, त्यतिबेला दैनिक २२५ अर्बसम्म तरलताको अवस्था रहेको थियो,’ उनले भने । पछिल्लो एक हप्ताको अवधिमा दैनिक १५ अर्बको तरलता कायमै रहेको पोखरेको भनाई छ ।

अहिलेसम्म राष्ट्र बैंकले ६ हजार अर्ब बराबरको तरलता प्रभाव गरिसकेको पनि उनले बताए । ‘चालू आर्थिक वर्षको अहिलेसम्म ६ हजार अर्ब बराबरको तरलता प्रभाह गरिएको छ,’ उनले भने ।