मुक्तिनाथ कृषि कम्पनीले कहिले पाउला आईपीओ जारी गर्ने अनुमति ?
वि.सं.२०८० वैशाख २३ शनिवार १०:४४
9.63K
shares
shares

काठमाडौं, २२ वैशाख । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा १४ लाख कित्ता आईपीओ मार्फत शेयर बिक्री गर्न लागेको हो । मुक्तिनाथ कृषि कम्पनीले २०७८ फागुन २० मा नै आईपीओ जारी गर्न अनुमति माग गरेको थियो । तर, लाइसेन्स वितरणमा ध्यान केन्द्रीत गरेको धितोपत्र बोर्डले हालसम्म पनि अनुमति दिएको छैन ।

















