सबै सांसदको सम्पति विवरण सार्वजनिक गर्न देउवाकी पत्नी सांसद आरजुको संसदमा चुनौति
वि.सं.२०८० वैशाख २४ आइतवार १७:२४
shares

काठमाडौं, २४ वैशाख । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले सबै सांसदको सम्पति विवरण सार्वजनिक गर्न चुनौति दिएकी छिन् । aआजदेखि सुरु भएको संसदको बर्खे अधिवेशनको शुन्य समयमा उनले महिलाको प्रगति देखेर कसैलाई सह्य नभएको भन्दै आक्रोस समेत पोखिन् ।
‘नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुदैन रैछ ।’ उनले भनिन् ‘मैले केही पनि बिराएको छैन डराउँदीन ।’
उनले अहिलेसम्म सांसद भएको सबैको सम्पति विवरण सार्वजनिक गर्न चुनौति समेत दिइन् । ‘मेरो श्रीमान आजसम्म पाँच छ चोटि प्रधानमन्त्री भैसक्नु भएको छ । हाम्रो सम्पति मेरो लगायत यो सरकारसंग सुरक्षित छ ।’ उनले भनिन ‘ सबै सांसदको सम्पति विवरण सार्वजनिक होस् । ’


















