Dhulikhel Eco Banner new

ज्योति लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

7.06K
shares

काठमाडौं, ४ जेठ । ज्योति लाइफ इन्स्योरेन्स (JlI) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

आज बुधबार कम्पनीको २२ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।