शेयर बजारमा गिरावट, कारोबार रकम ८२ करोड
वि.सं.२०८० वैशाख २५ सोमवार १५:१२
3.81K
shares
shares

काठमाडौं, २५ वैशाख । हप्ताको दोस्रो कारोबारको दिन शेयर बजार १६ दशमलव ९३ अंकले ओरालो लागेको छ।
सोमबार शेयर बजार १६ दशमलव ९३ अंकले घटेर १८३३ दशमलव ६९ विन्दुमा पुगेको छ । कारोबार रकम भने आइतबार भन्दा केहि सुधार भएको छ । सोमबार २७० कम्पनीका २८ लाख १० हजार ६२७ कित्ता शेयर खरिद बिक्री हुँदा ८२ करोड ४२ लाख १७ हजार ००१ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै सोमबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४१ अंकले घटेर ३५२ दशमलव ३७ विन्दुमा पुगेको छ ।



















