थप ५१ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०८० वैशाख २६ मंगलवार १७:१४
4.36K
shares
shares

काठमाडौं, २६ वैशाख । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ९ सय २ जनामा कोरोना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज मंगलबार २६ जना संक्रमित निको भएका छन् भने हाल देशभर १ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
हाल अस्पतालमा रहेका संक्रमितमध्ये १ जना भेन्टिलेटर र ६ जना आईसीयूमा रहेका छन् ।



















