सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८० वैशाख २७ बुधवार ११:४४
4.15K
shares
shares

काठमाडौं, २७ वैशाख । हप्ताको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, विगत चार दिनदेखि स्थिर भएको चाँदीको मूल्य बुधबार पनि स्थिर रहेको छ । बुधबार चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा खरिद बिक्री भएको छ ।















