Dhulikhel Eco Banner new

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

7.41K
shares

काठमाडौं, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको हो । भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा विचाराधीन विधेयकहरू टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको बताए ।