सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८० जेठ ८ सोमवार १२:२७
3.8K
shares
shares

काठमाडौं, ८ जेठ । सोमबार सुनको मूल्य स्थिर रहेको छ । सुनको मूल्य सोमबार आइतबारकै मूल्यमा खरिद बिक्री भइरहेको हो ।
सोमबार सुन तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा किनबेच भइरहेको छ ।



















