Dhulikhel Eco Banner new

जनता झुक्याउने काम नगर्न सांसद पराजुलीको शीर्ष नेतालाई चेतावनी

3.78K
shares

काठमाडौं ८, जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसद गणेश पराजुलीले, जनता झुक्याउने काम नगर्न शीर्ष नेतालाई चेतावनी दिएका छन् ।

सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै उनले नीति तथा कार्यक्रममा आशा लाग्दा कार्यक्रम ल्याउने तर कार्यान्वायन नगर्ने जनता झुक्याउने काम भएको भन्दै सचेत गराएका हुन् ।

उनले भने ‘सधैं नीति तथा कार्यक्रममा प्रतिवद्धता जनाइने गरेको छ । तर कार्यन्वयन निकै कम मात्र भएका छन् । यस वर्ष पनि प्रतिवद्धता मात्र जाहेर गरेर जनतालाई झुक्याउने कोसिस नगरियोस । जनता जागरुक भईसकेका छन् । वर्तमान अवस्थामा के सरकारले भने जस्तै आर्थिक स्थिती उत्साह जनकै नै भएका हुन् त ? नागरिकले कुन क्षेत्रमा महसुस त्यस्तो गर्न पाएका छन् ?’

त्यस्तै आफू नजिकका र आफ्नो पार्टीसंग जोडिएका मानिसलाई जोगाउने खेलमा नलाग्न उनले नेताहरुको ध्यानाकर्षण गराए ।

‘शिर्ष नेता ज्यूहरु प्रधानमन्त्री ज्यूहरु आफ्नो पार्टी र आफूसंग जोडिएको मान्छेहरु भ्रष्टचारमा मुछिएका छन भने ती सबै निर्दोश हुने र विविध कारण देखाएर उनिहरुलाई कारवाही गर्न पछि पर्ने यस्तो कार्य बन्द गर्नुस् ।’