मधेश प्रदेश : नयाँ तीन मन्त्रीले लिए शपथ, जनमतका कुशवाहाको कृषि मन्त्रालय खोसियो
वि.सं.२०८० जेठ ९ मंगलवार १७:४८
shares

जनकपुरधाम, ९ जेठ । मधेश मन्त्रिपरिषद मंगलबार पुनः विस्तार गरिएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एसका एक मन्त्रीले शपथ लिएका हुन् ।
कांग्रेसको तर्फबाट संसदीय दलका नेता कृष्ण यादव भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै वीरेन्द्र कुमार सिंह स्वास्थ्य मन्त्री र नेकपा एसको तर्फबाट संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनमत पार्टीका वसन्त कुशवाहाले सम्हालेका थिए । तर, उनबाट मन्त्रालय खोसेर नेकपा एसका न्यौपानेलाई दिइएको छ ।
मधेश भवनमा नवनियुक्त तीनैजना मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथग्रहरण गराए । मन्त्री थपिएकै दिन माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ ।



















