Dhulikhel Eco Banner new

सांसद घर्तीको प्रश्न : नीति तथा कार्यक्रम कपी पेष्ट हो भने विरोध किन ?

5.59K
shares

काठमाडौं १०, जेठ । सांसद पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम कपी पेष्ट हो भने विरोध किन भन्ने प्रश्न गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै नेकपा माओवादी केन्द्रका सांसद घर्तीले कार्यक्रम कपी पेष्ट हो भने त जसको कपी पेष्ट गरिएको हो उसैको कार्यक्रम नै हुन पुगेको बताउ ।

उनले भने ‘ प्रमुख प्रतिपक्ष दलका नेताले भन्नु भयो कि सरकारको नीति तथा कार्यक्रम चिट चोरेको खालि कागजको खोस्टा जस्तो छ भनेर, कतिपयले कम्प्युटरबाट कपि गरेको भन्नु भयो । मै बुझ्न नसकेको कुरा कहाँ हो भने चिट चोरेको कस्को एमालेको, कम्युटर कपि पेष्ट गरेको कस्को ? एमालेको यसरि एमालेको चिट चोरेको हो भने त यो एमाले कै भयो नी त । विरोध गर्नुपर्ने आवश्यक नै छैन । कथित जनयुद्ध भनेको के हो ? यो त कुनै तानाशाहीहरुले भने जस्तै भयो । ’