बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ, कुन देशको विनिमय दर कति ?
वि.सं.२०८० जेठ १४ आइतवार ०९:४६
shares

काठमाडौं, १४ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९७ पैसा र बिक्री दर १६३ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ५१ पैसा र बिक्री दर १४२ रुपैयाँ १५ पैसा पुगेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८३ पैसा र बिक्री दर १३२ रुपैयाँ ४३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ,१८ पौसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


















