शिक्षक कर्मचारीको पोशाक परिवर्तन हुने
वि.सं.२०७९ जेठ ६ शुक्रवार १५:२९
shares

काठमाडौं, ६ जेठ । शिक्षा तथा मानव स्रोत केन्द्रकले शिक्षक कर्मचारीको पोशाक परिवर्तन गर्ने भएको छ । विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको हाल प्रचलनमा रहेको विद्यालय पोशाक परिवर्तन गर्ने भएको हो ।
नेपाल शिक्षक महासघंले शिक्षकको पोशाक परिवर्तन गर्नका लागि अनुरोध गरे अनुसार केन्द्रले शिक्षक कर्मचारीको पोशाक परिवर्तन गर्ने निर्णय गरेको हो । उक्त निर्णय चालु शैक्षिक सत्र भित्र कार्यन्वयन हुने केन्द्रले जनाएको छ । केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गरेको छ ।
शिक्षक पोशाकको रङ महिला र पुरुष दुवैका लागी सुट (कोट,पेन्ट्स) गाढा खैरो, शर्ट(कमिज) हल्का निलो, ज्याकेट गाढा खैरो, स्वेटर कलेजी र जुत्ता कालो हुने छ । साडी, ब्लाउज र कुर्ता सुरुवालमा भने परिवर्तन नगरिएको केन्द्रले जनाएको छ ।















