सांसद विकास कोष खारेजीको माग गर्दै रास्वपाद्वारा संकल्प प्रस्ताव दर्ता
वि.सं.२०८० जेठ १८ बिहीवार १८:५४
shares

काठमाडौं, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सांसद विकास कोष खारेजीको माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेको छ । रास्वपाको बिहीबार बसेको संसदीय दलको बैठकले संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।
कोषको लागि विनियोजन भएको बजेट तत्काल अन्य आवश्यक विकास निर्माणका कार्यमा परिचालन गर्नुपर्ने पार्टीको माग छ ।
हालै अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा संसद विकास कोषलाई ब्यूँत्याएर प्रति सांसद ५ करोड रुपैयाँ बजेट छुट्याएका छन् । यसका लागि कुल ८ अर्ब २५ करोड रकम विनियोजन गरिएको छ । सरकारले असहज आर्थिक परिस्थितिमा विवादित कार्यक्रम ब्यूँताएर जनतामा आर्थिक भार थपेको भन्दै रास्वपाले विरोध जनाएको हो ।



















