Dhulikhel Eco Banner new

धनगढी उडेको श्री एयरलाइन्समा खतराको संकेत, बिच बाटोबाटै काठमाडौं फर्कियो

7.94K
shares

काठमाडौं, २३ जेठ । काठमाडौंबाट धनगढीको लागि उडेको श्री एअरलाइन्सको जहाजमा समस्या देखिएको छ । जहाजभित्र ठूलो समस्या देखिएको भन्दै पाइलटले धनगढी नपुग्दै बिच बाटोबाट काठमाडौं फर्काएका छन् । जहाजको ढोका खुल्लै भएको कतिपयको अनुमान छ ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलले पनि श्री एयरलाइन्सको जहाजमा समस्या आएको पुष्टि गरेको छ । बिहान ८ः१० मा उडेको उक्त जहाजमा ‘प्रेसराइजेसन फेलियर’ भएपछि जडाज काठमाडौं नै फर्किएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले केटिएम भ्वाइसलाई बताए । जहाज बाहिर र भित्रको अक्सिजन लेभल मिलाउने सिस्टमलाई ‘प्रेसराइजेसन’ भनिन्छ ।

‘प्रेसराइजेसन फेलियरको समस्या भएपछि जहाज काठमाडौं पिर्ता भएको हो’ उनले भने, जहाज सकुशल अवतरण गरिएका छ ।सिटौलाले यात्रुहरुलाई अर्को जहाजमार्फत धनगढी पठाइने समेत बताए ।