बजेटमा विकृत पुँजीवाद र नस्लवादी चिन्तन देखियो : अध्यक्ष यादव
वि.सं.२०८० जेठ २४ बुधवार १३:३४
shares

काठमाडौं, २४ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले, सरकारले प्रस्तुत गरेको बजेट विकृत पुजिँवाद र नस्लवादी चिन्तनबाट निर्देशित देखिएको आरोप लगाएका छन् ।
संसदमा बजेटमाथिको छलफलमा भाग दिदैँ उनले सरकारले अहिले प्रस्तुत गरेको बजेटले राष्ट्रलाई कुनै पनि निकास नदिने बताए । ‘यो बजेट वास्तवमा समाजवाद उन्मुख छदैँ छैन । बजेट विकृत पुजिँवादी या नवउदारवादी सिद्धान्तमा आधारित छ ।’ उनले भने ‘त्यसले त्यस किसिमको बजेटले समाजवादी उन्मुख बाटो ओगट्न सक्दैन। समाजवादी उन्मुख हैन । समाजवादी विमुख बजेट रहेको छ ।’
नस्लवाद कुनै पनि देशको लागि हितकर नहुने भन्दै उनले न्यून विकास सूचकाङ्क भएको ठाउँमा कम बजेट दिनुले नस्लवादको चिन्तन स्पष्ट भएको उनको भनाई छ।
‘नस्लवाद कुनै पनि देशको कुनै पनि जातिको कुनै पनि समुदायको हितकर हुँदैन यो चिन्ताबाट मुक्त हुनुस् । चाहे गोरा हुन काला हुन् नेप्टे हुन चेप्टे हुन् चुच्चे हुन् इक्वेल छन् । इक्वेल्ली डेभलप गर्ने अवसर उनीहरूको अधिकार हो ।’
नागरिकबाट लिइएको करले कहाँ कसलाई फाइदा पुगेको छ भन्ने कुरा गम्भीर रहेको उनको भनाई छ ।

















