Dhulikhel Eco Banner new

बदलिँदो परिवेशमा शैक्षिक प्रणाली नै परिवर्तन गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ

4.75K
shares

काठमाडौं, २८ जेठ । गृहमन्त्री नारायण काजी श्रेष्ठले बदलिँदो परिवेशमा हाम्रो शैक्षिक प्रणालीलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आइतवार काठमाडौंमा राष्ट्रिय युवा परिषद् नेपालले आयोजना गरेकको युएन मोडेलको उद्घाटन कार्यक्रममा शिक्षा जीवित रहनको लागि मात्र नभएर जीवनोपयोगी बन्नुपर्ने तर्क गर्दै शिक्षाको थिम नै परिवर्तन गर्नुपर्ने बताए ।

उनले भने, ‘जीवनको लागि शिक्षा हुनुपर्छ, बाँच्नको लागि होइन् । जीवन बाँच्नको लागि मात्रै सीमित बनाउन हुँदैन्, बाँच्नचाँहि जीवनको लागि अनिवार्य हो । शिक्षाको थिम नै परिवर्तन गर्नुछ हामीले । शिक्षा जीवनको लागि हुनुपर्छ, र त्यसको लागि हामी बाँच्नुपर्छ । आफ्नो सीप र प्रविधिले सुखद जीविकोपार्जन गर्न योगदान गर्छ । मुख्य कुरा जीवनको कोर मूल्यलाई आत्मसाथ गर्ने गरी शिक्षालाई अगाडि बढाउनुपर्छ ।’

उनले युवापुस्तालाई तीन वटा नुस्का समेत सुझाए ।
शिक्षाले मानिसलाई मेसिनमा परिवर्तन गर्ने भन्दा सिकाइको पार्ट बनाउनुपर्नेमा जोड दिएका छन् । उनले युवा पुस्तालाई शारीरिक श्रम गर्न प्रेरित गरे । त्यस्तै उनले पूर्वीय चिन्तन संस्कृतिको अत्यन्तै सुन्दरतम उपहार ध्यान भएकोले दैनिक जीवनमा त्यसलाई अबलम्वन गर्नुपर्ने बताए ।
उनले स्वयंलाई चिन्न, जागृत गराउँन र स्वयंको रुपान्तरका लागि दैनिक ध्यान अभ्यास गर्न समेत युवालाई सुझाए ।

आर्थिक रुपले देश संमृद्ध नभए पनि संमृद्ध बनाउन सबै लाग्नुपर्नेमा जोड दिँदै देश विकासको लागि युवावर्गलाई यही बसेर ज्ञान सिपको प्रयोग गर्न आग्रह गरे ।