Dhulikhel Eco Banner new

नेशनल हाइड्रोपावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

5.23K
shares

काठमाडौं, ३२ जेठ । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको हकप्रद भर्ने आज अन्तिम दिन रहेको छ । भोलि कम्पनीले बुक क्लोज गर्दैछ । आज अन्तिम कारोबार दिन भएकाले आजसम्म कायम रहेका शेयरधनीले हकप्रदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ८२ लाख २१ हजार ४५९ कित्ता हकप्रद शेयर जारी गर्दैछ ।

कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ६४ करोड रहेको छ । हकप्रद पछि कम्पनीको चुक्तापुजी २ अर्ब ४६ कारोड पुग्ने छ ।

त्यस्तै कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त गरेको छ ।