अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ, कुन देशको विनिमय दर कति ?
वि.सं.२०८० जेठ ३२ बिहीवार ०९:४१
shares

काठमाडौं, ३२ जेठ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८पैसा र बिक्री दर १६६ रुपैयाँ ४४ पैसा पुगेको छ ।
यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ ४२ पैसा र बिक्री दर १४२ रुपैयाँ २७ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।














