Dhulikhel Eco Banner new

६३ वटा खाता खोलेर वान एक्स बेट, ६४ करोडको अबैध कारोबार

6.77K
shares

काठमाडौं, ३१ जेठ । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाजमा प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दिनेश खडका, राम बिलाश डि.थारु, तेज बहादुर ठयात खडका, नबिन चौधरी, अनिता धितालको कागजातहरु प्रयोग गरी बिभिन्न ६३ वटा खाता खोली उक्त खाता मध्येमा १२ वटा खातामा हाल सम्म ६४ करोड बराबरको कारोबार भएको देखिएको जानकारी दिएको छ ।

सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले जानकारी दिए ।

उनीहरुले सट्टेबाजमा ७४ करोड १३ लाख कारोबार गरेको पाइएको उनले बताए । आशिषले तीन करोड कारोबार गरेको फेला परेको छ भने दिपेशले पाँच करोड ५४ लाख कारोबार गरेको फेला परेको प्रहरी उपरीक्षक डा .केसीको भनाई छ । उनका अनुसार आशिषको साथबाट प्रहरीले ३७ लाख बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको जनाएको छ ।

उनीहरुले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम मुद्दा अघि बढाउने तयारी भै रहेको प्रहरीले जनाएको छ ।