गौरवका आयोजनाको परिभाषा फेरिन आवश्यक छ : पूर्व अर्थमन्त्री खतिवडा
वि.सं.२०८० असार ६ बुधवार १६:०२
shares

काठमाडौं, ६ असार । पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले, सरकारले अघि सारेको गौरवका आयोजनाको परिभाषा फेरिनु पर्ने तर्क गरेका छन् । काठमाडौंमा आयोजित सोह्रौँ योजनाको सन्दर्भ र राष्ट्रिय आकाङ्क्षा विषयक कार्यक्रममा पूर्व गर्भनर समेत रहेका खतिवडाले, विकासलाई सरकारले झनै कठिन बनाउँदै लगेको तर्क गरे ।
‘ हामीले यति धेरै किसिमले डिभाइड गर्यौं हाम्रा कार्यक्रमहरुलाई राष्ट्रिय गौरवका भनेका छौं। गेम चेन्जर भनेका छौं। यो भनेका छौं अनि त्यो भनेका छौं। विभिन्न किसिमले गरेका छौं अनि कम्प्लिकेटेट बनाई राखेका छौं।’ उनले भने ‘ मेरो अनुरोध के हो भने हामी पनि सरकारमा बसीसकेका छौ । सबैभन्दा बढी गाली खाने भएको राष्ट्रिय गौरवका आयोजनाले हो । मेरो अनुरोधमा चै त्यो राष्ट्रिय प्राथमिकताको आयोजना भन्नुस् र अरुलाई सबैलाई छुट दिनुस् र यिनीहरुलाई प्राथमिकता दिनुस् र कार्यान्वयन गर्नुस् । गौरव गर्न लायकका भनेका आयोजना भनेका गौरवका आयोजना भनेका गौरव गर्न लायक आयोजना हुन् ।’
उनले आफूलाई गौरवका आयोजना व्यक्तिको सनकमा नभई आवश्यकता र औचित्यले पुष्टि हुनुपर्ने उनको तर्क छ ।













