Dhulikhel Eco Banner new

प्रतिनिधि सभामा आज प्रधानमन्त्री दाहालले जवाफ दिँदै 

4.54K
shares

काठमाडौँ, ८ असार । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।
शुक्रवार संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची निर्धारण भएको संघीय संसद सचिवालयले जानकारी गराएको छ ।

बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल आज पनि जारी रहनुका साथै सांसदहरूले विभिन्न मन्त्रालयले विभिन्न शीर्षकमा गर्दै आएको खर्च कटौती गर्न प्रस्तावहरू पेस गर्नेछन् ।

जारी विज्ञप्ति अनुसार, शुक्रवारको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत एमाले सांसद योगेश कुमार भट्टराई र आम जनता पार्टीका सांसद प्रभु साहले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गर्न प्रस्ताव पेस गर्ने, डाक्टर अमरेश कुमार सिंह,सराज अहमद फारुकी, सुमना श्रेष्ठ,प्रेम सुवाल लगायतका सांसदहरूले गृह मन्त्रालयको खर्च कटौती गर्न सदनमा प्रस्ताव पेस गर्ने लगायतका विभिन्न १० वटा कार्यसूची रहेको छ ।