Dhulikhel Eco Banner new

डिप्रोक्स लघुवित्तको संस्थापक शेयर विक्रीमा

5.25K
shares

काठमाडौं, ८ जेठ । डिप्रोक्स लघुवित्तले जेठ ८ बाट २० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी आज (आइतवार) देखि उक्त शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको मितिभित्र कम्पनीको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।