Dhulikhel Eco Banner new

आज संसद दिवस मनाइँदै

4.75K
shares

काठमाडौं, १६ असार । नेपालमा संसद्को पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरणमा आज ६५औँ संसद दिवस मनाइँदै छ । वि.सं. २०१६ मा आजकै दिन नेपालको पहिलो ‘संसद’ को बैठक बसेको थियो ।

संघिय संसद भवन, नयाँ बानेश्वरमा आज एक कार्यक्रमको आयोजना गरिएको छ । नेपालको पहिलो संसद्को पहिलो बैठक राति ११ बजेर ४५ मिनेटमा बोलाइएको भएपनि सभा मध्यरात १२ बजे सिंहदरबारको ग्यालरी बैठकमा बसेको थियो । त्यसदिन प्रतिनिधिसभाका १ सय ९ मध्ये १ सय ६ जनाले सपथ ग्रहण गरेका थिए ।

२०४६ सालको जनआन्दोलन पछि प्रतिनिधिसभा र राष्ट्रियसभा गरी संसद को पुनः स्थापना भएको थियोे । नेपालको अन्तरिम संविधान, २०६३ मा भने संसदलाई ‘व्यवस्थापिका–संसद’ भनियो भना २०७२ को संविधान पछि प्रतिनिधिसभा र राष्ट्रियसभा लाई ‘संघीय संसद’ भन्न थालिएको छ ।