Dhulikhel Eco Banner new

आर्थिक विधेयक २०८० बहुमतले पारित

5.45K
shares

काठमाडौं, १७ असार । आर्थिक विधेयक २०८० बहुमतले पारित भएको छ। आइतबार प्रतिनीधि सभामा अर्थमन्त्री प्रकाश शरण महतले प्रस्ताव गरेको आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो । विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सुमना श्रेष्ठ, शिशिर खनालले संशोधन प्रस्ताव पेस गरेका थिए ।

बैठकमा आर्थिक विधेयक, २०८० माथि संशोधनको प्रस्ताव पेश गर्दै सांसद सुवालले एनसेललाई पुँजीगत लाभकरमा छुट दिएको, सरकारले विभिन्न निजी कम्पनीबाट वर्षौसम्म कर उठाउन नसकेको र न्यायधिस नियुक्तीमा समेत अख्तियारको दुरुपयोग गरेको आरोप लगाए ।

सांसद सुमना श्रेष्ठले विद्युतीय धुमपानका वस्तुमा भन्सार लगाउनुपर्ने, दैनिक खाद्यान्नमा भ्याट लगाउन नहुने र स्वदेशी उद्योग र उत्पादनका लागि कच्चापदार्थ आयातमा सहज हुनेगरी भन्सार शुल्क निर्धारण हुनुपर्नेमा जोड दिइन् । सांसद शिशिर खनालले संशोधन प्रस्तावमा आन्तरिक उत्पादनमा वृद्धि र हवाई टिकटमा भ्याट लगाइएको विषय उठाएका थिए ।