Dhulikhel Eco Banner new

गरिमा क्यापिटल लिमिटेडको स्वतन्त्र सञ्चालक समितिमा महेश र नगीमा नियुक्त

5.81K
shares

काठमाडौं, २४ असार । गरिमा क्यापिटल लिमिटेड कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा महेश प्रसाद काफ्ले र नगीमा श्रेष्ठ नियुक्त भएका छन् । यस कम्पनीको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने सञ्चालकहरु यादव कुमार श्रेष्ठ र रमा कान्त बरालको राजीनामा स्वीकृत भएको छ । साथै, गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी राम प्रसाद श्रेष्ठ र अनिल रेग्मीज्यू सञ्चालकको रुपमा नियुक्त भएका छन् ।

राजीनामा दिई स्वीकृत भएका सञ्चालकहरुको संस्थाको व्यवसायिक तथा बहुआयामिक उन्नयनमा महत्वपूर्ण तथा अतुलनीय योगदान रहेकोमा उच्च मूल्याङ्कन गर्दै सम्मान व्यक्त गरेको छ । आगामी दिनमा समेत यस संस्था प्रति उनीहरुको निरन्तर सहयोग र सद्भावको पूर्ण अपेक्षा गर्दै उत्तरोत्तर प्रगतिको कामना कम्पनीले गरेको छ ।