Dhulikhel Eco Banner new

एभरेस्ट बैंकद्वारा १५ प्रतिशत लाभांश घोषणा

208
shares

काठमाडौं — एभरेस्ट बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।

हाल कायम १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजीका आधारमा बैंकले लाभांश घोषणा गरेको हो । सञ्चालक समितिले सिफारिस गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीको खातामा जम्मा हुनेछ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ४.७५ प्रतिशतले वृद्धि भई ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको कुल सञ्चित तथा वितरणयोग्य नाफा ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने प्रतिसेयर वितरणयोग्य नाफा ३८ रुपैयाँ ३२ पैसा रहेको छ । वित्तीय सूचकहरू बलियो देखिए पनि हाललाई बैंकले कुल १५ प्रतिशत लाभांश मात्र वितरण गर्ने प्रस्ताव अघि बढाएको हो ।