अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ, कुन देशको विनिमय दर कति ?
वि.सं.२०८० असार २५ सोमवार ०९:४६
shares

काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५५ पैसा रहेको छ ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ५८ पैसा र बिक्री दर १७० रुपैयाँ ३५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको छ । क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५२ पैसा र विक्रि दर ९९ रुपैयाँ ९७ पैसा रहेको छ ।














