Dhulikhel Eco Banner new

विभेद र असमानताको अन्त्य गर्न ठूलो भूमिका खेल्न पूर्वमन्त्री ढकालको उप-राष्ट्रपति यादवलाई आग्रह

6.96K
shares

काठमाडौं, २६ असार । नेपाल परिवार दलको अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य एकनाथ ढकालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भेट गरि देशमा अझैपनि सामाजिक कंगालको रुपमा रहेको सबैखाले विभेद र असमानताको पूर्ण रुपमा अन्त्य गर्न महामहिम उप-राष्ट्रपति अभिभावकीय भूमिका खेलिदिन आग्रह गरेका छन्। नेपाल परिवार दलको प्रतिनिधिमण्डलद्वारा महामहिम उप-राष्ट्रपति राम सहाय यादवलाइ भेटि बधाई तथा शुभकामना दिएको हो ।

उप-राष्ट्रपति यादवले आफुले संविधानले दिएको जिम्बेवारी पूर्ण रुपमा पालन गर्ने बताउदै परिवार दल देश र जनताको पक्षमा काम गर्न सफल रहोस भनेर शुभकामना दिए । भेटमा परिवार दलका महामन्त्री द्वय सन्तोष कुमार पौडेल र प्रकाश बाबु थापा, संबिधान सभाकी सभासद मिलन कुमारी राजबंशी, दलका सहमहामन्त्री मनोज कुमार सुर्खेती लगाएत सहभागी भएका थिए ।