Dhulikhel Eco Banner new

कुमारी क्यपिटल पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

3.45K
shares

काठमाडौं, १० साउन । कुमारी क्यपिटल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । यसका निम्ति कुमारी क्यपिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात कुमारी क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरु गर्न सक्ने साथै क्यापिटलका डिभिडेण्ड भुक्तानी, तलब, भेण्डर भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ । पहिलो चरणमा क्यापिटलका इकाईधनीहरुले एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्न र अन्य विभिन्न सेवाहरु पनि थपिने छन् ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिएलमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने पिएसपी÷पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । मर्चेन्ट बैंकिङ्ग, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरुमा भुक्तानी कारोबारहरुलाई डिजिटाइज गर्न ल्एक् अन्तर्गतका विभिन्न उपकरणहरु सञ्चालनमा रहेका छन् ।

कुमारी क्यपिटल लिमिटेड कुमारी बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले सन् २०१७ देखि मर्चेन्ट बैंकिङ, सल्लाहकार, लगानी व्यवस्थापन देखि डिपोजिटरी पार्टिसिपेन्ट सम्बन्धी लगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ । कुमारी क्यापिटलले सधैँ आफ्ना ग्राहकहरुलाई सहज हुने सेवाहरु प्रदान गर्दै आएकोमा यस डिजिटाइजेसन सम्बन्धीको थप व्यवस्थाले क्यापिटलको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास कम्पनीले लिएको छ ।