हिमालयन लघुवित्तको नाफा घट्यो, चुक्ता पुँजी ३१ करोड ९८ लाख
वि.सं.२०८० साउन १६ मंगलवार १०:०९
shares

काठमाडौं, १६ साउन । हिमालयन लघुवित्त वित्तीय संस्थ लिमिटेडको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ। संस्थाले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देआएको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.५० प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
गत आवमा लघुवित्तको खुद ब्याज आम्दानी २४.५२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.०९ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १६.३३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७९.०४ प्रतिशत घटेको छ। गत असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६० लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरण योग्य मुनाफा १ रुपैयाँ ९१ पैसा रहेको छ।
३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी १९.३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १५.०८ प्रतिशत बढेको छ।

















