Dhulikhel Eco Banner new

नेपालमा एलिका ब्राण्डको पहिलो शोरुमको उद्घाटन

3.56K
shares

काठमाडौं, २० साउन । चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्डसप काठमाडौँको टेकुमा खोलिएको छ । एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सि. जी. इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस. सि. साबुको उपस्थितिमा साउन १७ गते यो शोरुमको भब्य उद्घाटन भएको छ ।

एलिका ब्रान्डसपमा एलिका ब्रान्डको चिम्नी, बिल्ट–इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हब्स र कुक टप्स लगायत अन्य विभिन्न घरायसी विधुतीय सामाग्रीहरु रहेका छन् । यस एलिका ब्रान्डसप टेकुको मुख्य व्यापारिक केन्द्रमा पर्दछ जहाँ निःशुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ ।

काठमाडौँको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शोरुम संचालन गरिएको छ । दक्ष्य तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने छ । यो शोरुम हप्ताको सातै दिन बिहान १०ः०० बजे देखि बेलुका ०७ः३० बजेसम्म खुल्ला रहने छ । ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नम्बर ०१–५९१४१७९, ५९१४३७९ हरुमा सम्पर्क गर्न सकिने कुराको जानकारी पनि कम्पनीले गरेको छ ।

यो सँगै काठमाडौँको टेकुमा खोलिएको यस एलिका ब्रान्डसप अब सि. जी. इलेक्ट्रोनिक्सको रिटेल चेन शोरुम अन्तर्गत २४ औं शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि कम्पनीले जानकारी दिइएको छ ।