सामाखुसी खोलो ‘पुरानै स्वरूप’मा फर्काइने
वि.सं.२०८० साउन २१ आइतवार १८:४०
7.31K
shares
shares

काठमाडौं, २१ साउन । काठमाडौं महानगरपालिकाले सामाखुसी खोला सफा गर्न थालेको छ । असारबाट सामाखुसीस्थित विभिन्न ठाउँमा रहेका खोलामाथिका स्ल्याबहरू हटाउन थालेको महानगरले मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा गर्न थालेको हो।
खोला पुरानै स्वरुपमा आएपछि त्यसको दायाँबायाँ पर्खाल उठाउने र फmलामको बार लगाइने महानगरले जनाएको छ ।
सोही खोलाबाट गत साउन ७ गते १३ वर्षीय बालक साजन मगर बेपत्ता भएका थिए। खोलामाथि स्ल्याब नहुँदा खसेर बेपत्ता भएका उनको शव ११ दिनपछि दक्षिणकाली नगरपालिका–७ स्थित नदी किनारमा भेटिएको थियो।



















