शेयर बजारमा सुधार, कारोबार रकममा पनि सुधार
वि.सं.२०८० साउन २५ बिहीवार १५:४२
4.99K
shares
shares

काठमाडौं, २५ साउन । कारोबारको अन्तिम दिन आज पनि शेयर बजारमा सुधार आएको छ । आज बीहिबार ५ दशमलव १३ अंकको सुधार आएको छ । आज ५ अंकले बढेको शेयर बजार २०६६ अशमलव ०५ विन्दुमा पुगेको छ ।
आज २६९ कम्पनीका ५५ लाख ०३ हजार ०२१ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गको कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज १ दशमलव १० अंकको सुधार आएको सेन्सेटिभ इन्डेक्स ३९४ दशमलव १५ विन्दुमा पुगेको छ ।



















