Dhulikhel Eco Banner new

अमेरिकी डलरको मूल्य स्थिर, कुन देशको विनिमय दर कति ?

4.24K
shares

काठमाडौं, ४ भदौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलरको मूल्य आजपनि स्थिर रहेको छ । स्थिर रहेको अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६७ पैसा र बिक्री दर १३३ रुपैयाँ २७ पैसा पुगेको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ २७ पैसा र बिक्री दर १४४ रुपैयाँ ९२ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९८ पैसा र बिक्री दर १६९ रुपैयाँ ७५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।