Dhulikhel Eco Banner new

शेयर बजारमा गिरावट, कारोबार रकम १ अर्ब ४० करोड

5.1K
shares

काठमाडौं, ४ भदौ । कारोबारको दोस्रो दिन आज शेयर बजारमा गिरावट आएको छ । पछिल्लो समय शेयर बजारमा लागातार गिरावट आएको छ ।

आज सोमबार १२ दशमलव ९३ अंकले गिरावट आएर शेयर बजार १९९८ दशमलव २८ विन्दुमा पुगेको छ ।

आज २७२ कम्पनीका ४१ लाख ६३ हजार ८७२ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ४० करोड ८९ लाख ८१ हजार ६१० रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज १ दशमलव ५० अंकले घटेर ३८२ दशमलव ६२ विन्दुमा पुगेको छ ।