Dhulikhel Eco Banner new

स्थिर अमेरिकी डलरको मूल्य, कुन देशको विनिमय दर कति ?

5.93K
shares

काठमाडौं, १५ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । स्थिर रहेको अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७९ पैसा पुगेको छ भने,युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६६ पैसा र बिक्री दर १६८ रुपैयाँ ४२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।