Dhulikhel Eco Banner new

मिर्मिरे लघुवित्तको ६५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

7.11K
shares

काठमाडौं, ११ जेठ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ६५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

लघुवित्तले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको ६५ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।

सो सेयर खरिद गर्न इच्छुक सर्वसाधरण जो कोही लगानीकर्ताले बुधबारबाट आवेदन दिन सक्नेछन् । लघुवित्तले यस अघि गत चैत १२ गते विद्यमान संस्थापक सेयरधनीलाई सेयर खरिद गर्न आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो ।

३५ दिन सम्म कुनैपनि विद्यमान सेयरधनीबाट आवेदन नपरेका काराण लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंक एकीकृत निर्देशन तथा अन्य प्रचलीत कानुन बमोजिम सर्वसाधरणमा बिक्री गर्न लागिएको हो ।