Dhulikhel Eco Banner new

‘आइएमई तथा आइएमई पे’ मा कलाकारहरुको वृहत चासो र संग्लनता

3.99K
shares

काठमाडौँ, कार्तिक ०३ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी (आइएमई) तथा नेपालको पहिलो डिजिटल वालेटको रुपमा स्थापित ‘आइएमई पे’ मार्फत सुरक्षित कारोबार गर्नको साथै करोडपति बन्न सकिने अवसरका बारेमा हामी सबैलाई अवगत नै छ। जस अन्तर्गत हालसालै ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना सार्वजनिक गरिएको छ जसमा आइएमई तथा आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका पनि रहेको छ।

आफ्नो स्थापनादेखि नै नेपाली कलाकारिताको लोकप्रिय जोडी अभिनेता दीपकराज गिरि तथा अभिनेत्री दिपाश्री निरौलालाई ब्राण्ड एम्बासडरको रुपमा परिचित गराएको आइएमई तथा आइएमई पे को यस करोडपति योजनामा पनि एम्बासडरदोयको उत्साहपूर्ण साथ तथा समर्थन देखिन्छ । साथै सो योजनाको थप जानकारी हरेक दिन आइएमई तथा आइएमई पे’ को अफिसियल टिकटकको लाइभ मार्फत प्राप्त गर्न सकिने छ । जसमा नेपालको चर्चित कलाकारहरू यसराज गराच, साक्षी लम्साल, प्रणिमा दाहाल तथा छन्दे भनेर चिनिने गोपाल ढकाल ब्रान्ड इन्फ्ल्युसर को रुपमा उत्साहपूर्ण संग्लनता देख्न सकिन्छ ।

यसराज गराच हाल नेपालको चर्चित कलाकार हुन् जसले लगभग एक दर्जन नेपाली चलचित्र खेलिसकेका छन् भने आठ सय भन्दा बढी नेपाली म्युजिक भिडिओमा पनि काम गरेका छन् साथै बिभिन्न टेलीभिजनका कार्यक्रम प्रस्तोता पनि रहेका छन् । तेस्तै साक्षी लम्साल पनि अहिले चर्चामा रहेकी नेपाली कलाकार हुन् जसले धेरै नेपाली म्युजिक भिडिओमा काम गरेकी छिन् भने बिभिन्न टेलीभिजनका कार्यक्रम प्रस्तोता पनि रहेकी छिन् साथै धेरै चर्चित ब्राण्डहरुको ब्राण्ड मोडेलको रुपमा पनि उनलाई देख्न सकिन्छ तेस्तै प्रणिमा दाहाल पनि अहिले नेपाली कलाकारितामा रुचाएको नाम हो ,उनले विभिन्न नेपाली म्युजिक भिडिओमा काम गरेकी छिन् भने धेरै टेलीभिजनका कार्यक्रम प्रस्तोताको रुपमा पनि रहेकी छिन् साथै उनलाई उत्कृट इभेज्ट मेनेजरको रुपमा पनि चिन्न सकिन्छ र अर्को नेपाली कलाकारिता मा चर्चित नाम हो गोपाल ढकाल जो नेपाली कलाकारितामा छन्दे भनेर परिचित छन् ,उनि बिगत १८ वर्ष देखि नेपाली कलाकारितामा लोकप्रिय छन् र विशेषगरि नेपाली हास्य टेलीचलचित्रमा उनि रुचाएको कलाकार हुन् । माथि उल्लेखित सबै चर्चित कलाकारहरुलाई अहिले आइएमई तथा आइएमई पे ले आफ्नो ब्रान्ड इन्फ्ल्युसर को रुपमा आबद्ध गराएको छ भने आइएमई तथा आइएमई पे को हरेक योजनामा ब्रान्ड इन्फ्ल्युसरहरूको उत्साहपूर्ण संग्लनता तथा समर्थन पनि देख्न सकिन्छ ।

यससँगै नेपालको पुरानो तथा लोकप्रिय गायक आनन्द कार्की पनि आइएमई तथा आइएमई पे’मा जोडिएका छन् भने नेपालकी चर्चित अभिनेत्री वर्षा राउतलाई पनि आइएमई तथा आइएमई पे’ द्वारा प्रबर्दित भिडियोमा देख्न सकिने छ । आइएमई पे’ ओटीटी प्लाट्फर्म कान्तिपुर सिनेमास्सको एकमात्र एक्सक्लुसिव पेमेन्ट पार्टनरपनि रहेको छ। जसको माध्यमबाट पनि आइएमई तथा आइएमई पेमा कलाकारहरुको चासो बढेको छ ।

खेल तथा खेलाडीसँग पहिले देखिनै सहकार्य गर्दै आइरहेको आइएमई तथा आइएमई पे’ मा हाल कलाकारहरुको पनि वृहत संग्लनताले जनताको विश्वासलाई अझै माथि पुर्याएको छ ।

आइएमई र आइएमई पे को बारेमाः

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुः ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ । साथै परम्परागत रेमिटेन्स सेवा डिजिटलाइजेसनमा प्रवेश गरिरहेको अवस्थालाई आत्मसाथ गर्दै आइएमईले विगत ५ वर्ष देखि आफ्नो डिजिटल कारोबारलाइ नेपाल राष्ट्र बैङ्क मार्फत नेपालको पहिलो भुक्तानी सेवा प्रदायकको रूपमा लाइसेन्स प्राप्त गरि आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट मार्फतबाट डिजिटल रेमिटेन्स सेवा सफलताका साथ सञ्चालन गरिरहेको छ।

यस अन्तर्गत सेवाग्राहीले विश्वको जुनसुकै देशबाट आइएमई गरी पठाएको पैसा सजिलै आफ्नो मोबाइलको आइएमई पे एपमा प्राप्त गर्न सक्नेछन् । आइएमई पे ले बैङ्किङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैङ्किङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरण तथा डिजिटल नेपालको अभियानमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।