Dhulikhel Eco Banner new

परदेशी-२ ले पैसा कमाएपछि मख्ख वर्षा

3.84K
shares

काठमाडाैं, १४ कार्तिक ।   वर्षा सिवाकोटी ‘अनलक्की’ अभिनेत्रीकाे रूपमा चिनिन्छिन् । डेव्यु फिल्म ‘नाई नभन्नु ल २’ र ‘पशुपति प्रसाद’ बाहेक उनले अभिनय गरेका अधिकांस फिल्म लगातार असफल भएपछि वर्षालाई ‘अनलक्की’को रुपमा हेरिएको ।

आफुले अभिनय गरेका फिल्म असफल भएपनि वर्षालाई फिल्मको अभाव भने भएन । उनले हरेक बर्ष १/२ वटा फिल्ममा काम गरिरहेकी छिन् । उनको अभिनय र सुन्दरताको तारिफ हरेक फिल्ममा हुने गरेको छ । जसले गर्दा उनलाई काम अभाव कहिले भएन् ।

वर्षाले अभिनय गरेको फिल्म ‘परदेशी २’ यो वर्ष सुपरहिट भएको छ । नारायण रायमाझि निर्देशित यो पारिवारिक तथा सामाजिक फिल्मले दर्शकको मन मात्र जितेन, वर्षाको कामको पनि खुबै तारिफ पायाे । उनले फिल्ममा निवार्ह गरेको लुजाको भुमिका दर्शकले निकै रुचाएका छन् ।

दशैंको छेको पारेर रिलिज भएको फिल्म ‘परदेशी २’ बक्स अफिसमा सुपरहिट भएपछि वर्षालाई ठूलो राहत मिलेको छ । अबका दिनमा आफुले टिम र ब्यानर हेरेर काम गर्ने तयारी गरेकाले हरेक वर्ष उनलाई कुनै न कुनै सिनेमाले बक्स अफिस सफलतासँगै खुशी दिइरहेन विश्वास छ ।

आउँदो बर्ष वर्षाको ‘काजी’ रिलिज हुनेछ । यो सिनेमामा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिएको छ । यसले, पनि उनलाई खुशी दिने अपेक्षा गर्न सकिन्छ ।