Dhulikhel Eco Banner new

एकदिन पनि टिक्न सकेन शेयर बजारको हरियाली, कारोबार रकममा लगातार गिरावट

3.85K
shares

काठमाडों, १४ कात्तिक । शेयर कारोबारको दोस्रो दिन झिनो अंकले बढेको शेयर बजार आज फेरी पुरानै लयमा फर्केको छ । आज पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज १४ अंकको गिरावट आएको छ । आज शेयर बजार १४ दशमलव २९ अंकको गिरावट आएको शेयर बजार १८६४ दशमलव ४० विन्दुमा पुगेको छ ।

आज २८६ कम्पनीका २२ लाख ५८ हजार १८७ कित्ता शेयर खरिद बिक्री हुँदा ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापन सेन्सेटिभ इन्डेक्समा पनि गिरावट आएको छ । आज २ दशमलव ३४ अंकको गिरावट आएको सेन्सेटिभ इन्डेक्स ३६० दशमलव ७८ विन्दुमा पुगेको छ ।